गुठी विधेयकविरुद्ध मसाल जुलुस (फोटो फिचर)

ललितपुर : गुठी विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ। पाटन दरबार स्वायरबाट बेलुका ६ः३० बजे मसाल जुलुस सुरु भएर करिब आधा घण्टामा सकिएको हो। जुलुस पाटन मंगलबजारबाट सुरु भएर गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुन मंगलबजार पुगेर टुंगिएको हो।

गुठी संरक्षण आन्दोलनका एकजना अभियन्ता रविन्द्र ताम्राकारले सरकारले उतm विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्यरुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताए।

पाटनका अर्का अभियन्ता न्युच्छे महर्जनले सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको बताए। ‘जति नै कराएपनि सरकारले नसुन्ने प्रवृत्तिको विकास भएको छ’ महर्जनले भने, ‘आगो भनेकै खतराको संकेत हो, सरकारले बुझनुपर्छ। एउटा झिल्को मात्र पनि खतरनाक हुनसक्छ,’ उनले भने।  

तस्बिर : सुनिता डंगोल 


Copied from : http://annapurnapost.com/news/129768