सरकारलाई देउवाको चेतावनी : गुठी विधेयक एक-दुई-तीन पारित हुन दिन्नौँ !

हेटौंडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुठी सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिने चेतावनी दिएका छन् ।


      --


हेटौंडामा नेपाल सांस्कृतिक संघको जिल्ला सभापति तथा विधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेला शुक्रबार उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।

नेता देउवाले सरकारले देशकै सम्पदा र संस्कृतिमाथि हमला गरेको बताएका छन् । ‘हामी एक, दुई, तीन गुठी विधेयक पारित हुन दिन्नौँ,’ देउवाले भने । बर्तमान सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेको भन्दै अब संस्कृति र सम्पदा पनि बाँकी नराख्ने भएपछि आफूहरु चुप लागेर नबस्ने उनले बताए ।

साथै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक पनि पारित हुन नदिने उनले बताएका छन् ।