पूर्वराजा ज्ञानेन्द्रले भने : यसको परिणाम राम्रो हुँदैन

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान परिस्थितिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । खासगरी पछिल्लो समय ल्याइएको गुठी बिधेयकबारे गम्भीर हुँदै उनले राष्ट्रियता र धर्ममा असर पर्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

थाइल्याण्डको राजधानी बैंककमा केही नेपालीहरुसँगको भेटघाट गर्दै  देश अहिले सहि दिशामा नभएकोले आफुलाई चिन्ता लागेको पनि बताएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ज्ञानेन्द्रले मुलुकको संस्कृति, परम्परा, धर्मसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो आधार हुन्न भन्ने कुरालाई मनन गर्दै तिनीहरुलाई कुनै पनि रुपमा खल्बल्याउन नहुने बताएका थिए । यदि यस्तो परिस्थिति आए यसको परिणाम राम्रो नहुने पनि बताएका थिए ।

समय अनुसार परिमार्जन गर्न सकिने तर त्यसको मर्ममा असर र राष्ट्रियता र धर्ममा खलल आउन दिन नहुने पनि बताएका थिए ।


copied from : https://himalpost.com/gyanendra-guthi/