गुठीको सबै सम्पत्तिको जिम्मा स्थानीय तहलाई देऊ : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठीको सम्पूर्ण सम्पत्तिको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।



गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन चर्किरहेका बेला अध्यक्ष बिजुक्छेले मोही लागेको गुठीको जग्गामा किसानलाई मोहियानी हक दिने बन्दोबस्त गर्नुपर्ने समेत बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजद्वारा आयोजित दुईदिने आर्थिक विकासमा व्यवस्थापनको भुमिका विषयक राष्ट्रिय सम्मेलन शुक्रबार उद्घाटन गर्दै उनले यसो भनेका हुन् ।

उनी भन्छन्, ‘गुठी जग्गामा मोहियानी हक पाउने बन्दोबस्त गर्नुपर्छ र मोही किसानले आधा जग्गा पाउनुपर्छ । बाँकी गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्छ ।’

साथै गुठी जग्गाबाट उठेका कर जनताकै लागि खर्च हुनुपर्नेमा उनले जोड दिए । बिजुक्छेले जग्गा–जमिन सामन्तवादी समाजको महत्वपूर्ण आम्दानीको स्रोत हुने र सामन्तवाद जमिनको आम्दानीबाटै चल्ने पनि जिकिर गरेका थिए । आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने भन्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने उनको भनाइ थियो ।


Copied from : http://annapurnapost.com/news/129759