प्रधानमन्त्री पद नै धरापमा भएपछी गुठी विधेयक स्थगित

काठमाडौं । चौतर्फी दवाव र पार्टी नेताहरुको सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक स्थगित गर्ने भएका छन् । सोमबार राजधानीका जनप्रतिनिधिहरुसँग विधेयकका बिषयमा छलफल गरेका प्रधानमन्त्री ओलीले मंगलबार गुठी विधेयक स्थगनको निर्णय लिने भएका छन् ।


आजै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेपछि मन्त्रीपरिषदको बैठक बोलाउने तयारी गरेका छन् । मन्त्रीपरिषदको बैठकबाट गुठी विधेयक स्थगनको निर्णय हुने बालुवाटार स्रोतले बताएको छ । गुठी विधेयकलाई लिएर राजधानी काठमाडौंका गुठीयारहरु आन्दोलित थिए । काठमाडौंका आन्दोलन साम्य पार्न सरकारले विधेयक स्थगन गर्ने भएको छ ।

ओलीले राजधानीका सांसददेखि वडा सदस्यसम्म बालुवाटारमा छलफल गरेका थिए । ओलीभन्दा पहिले नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुसँग सिंहदरवारमा सोमबार नै छलफल गरेका थिए । सांसदहरुसँग छलफल गरेपछि नेता नेपालले गुठी विधेयक स्थगित गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । नेपालको सुझावपछि ओली स्थगनको पक्षमा पुगेका हुन् ।

सरोकारवाला निकायसँग छलफल गरेरमात्र गुठी विधेयक अगाडी बढाउनेगरी स्थगित गर्न लागिएको छ ।


copied from : https://himalpost.com/pradhanmantri-pad-guthi/