गुठी विद्येयक बिरोध गर्नुको कुनै औचित्य छैन: सांसद प्रेम सुवाल

भक्तपुर । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी  विद्येयकको बिरोध गर्नुको कुनै औचित्य नरहेको बताउनु भएको छ ।

भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सुवालले  विद्येयकको पूर्ण अध्ययन बिना सिमित ब्यत्तिहरुले यसको बिरोधमा उत्रिएको आरोप लगाउनु भयो । उहाँले  विद्येयकमा केही बुँदामा समस्या देखिको बताउँदै गुठीको स्रोत ब्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिनु पर्नेमा जोड दिए ।

दैविक सिद्धान्तलाई आत्मासाथ गर्नेहरुले मात्र यसको बिरोध गरेको र वैज्ञानिक सोचलाई आत्मासाथ गर्ने हो भने गुठी  विद्येयकको बिरोध गर्नु पर्ने अवस्था नदेखिएको उहाँले बताउनुभयो । “उदाहरणकै लागि हामीले पशुपतिमा कति सम्पत्ति भन्ने विषयमा समेत कसैलाई थाहा छैन,” उहाँले भन्नुभयो, “गुठी सामन्तवाद सोच भएको मठाधिसहरुको सिमित हालिमुहालीमा चलिरहेको र आर्थिक स्रोतका बारे न सरकार जानकार छ न जनतालाई थाहा छ ।”

उहाँले टोल टोलका निजि गुठीहरुलाई यस  विद्येयकले नछुने अवगत गराउनुभयो । राज गुठी सार्वजनीक गुठी र छुट गुठीलाई मात्र सरकारले नियन्त्रण गर्नका लागि यो  विद्येयक ल्याएको बताउनुभयो । जसरी निजि जग्गाको भोग चलनमा मोहीयानी हक लाग्छ त्यसै गरि गुठीको जग्गामा पनि मोहीयानी हक लाग्ने भएकाले यसको बारेमा बिरोध गर्नु पर्ने अवस्था नआएको उहाँले बताउनुभयो ।

Copied from : https://www.news24nepal.tv/2019/06/15/532287