गुठी विधेयकका विषयमा सरकारले चाँडै यथोचित निर्णय गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका विषयमा सरकारले चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको छ । जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकको विषयमा चौतर्फी रुपमा आलोचना भएपछि सोमबार जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको थियो । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो । राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल,कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत , जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राख्नु भएको थियो । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको हो ।

Copied from: https://www.news24nepal.tv/2019/06/17/533348