NC lawmakers ask govt to withdraw Guthi Bill

The main opposition Nepali Congress lawmakers in both houses of the federal Parliament today asked the government to withdraw the Guthi (Trust) Bill from the Parliament. The bill was registered in the Upper House. Speaking in the Lower House, the House of Representatives, Dilendra Prasad Badu said the proposed bill from the government was against the culture and tradition of the Nepali people. He said Nepali Congress would never accept the proposed bill’s provisions. On the other ha ...

गुठी विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब

काठमाडौँ — गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि सरकारलाई पछि हट्न दबाब बढेको छ । नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि नबढाउन सरकारलाई सुझाव दिएका छन् । विधेयक स्थगन गर्ने वा फिर्ता लिने वा प्रस्तावित प्रावधानका आपत्तिजनक विषयमा संशोधनको ब्यहोरासहित सार्वजनिक प्रतिबद्धता जनाउने भन्नेमा सरकार निष्कर्षमा भने पुगेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारसंसद्मा सम्बोधन गर्दै विधेयकबारे सरकारको पछिल्लो धारणा पेस गर्ने तयारीमा छन् । प्रधानमन्त्री ओलीले सोमब ...

गुठी विद्येयक बिरोध गर्नुको कुनै औचित्य छैन: सांसद प्रेम सुवाल

भक्तपुर । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी  विद्येयकको बिरोध गर्नुको कुनै औचित्य नरहेको बताउनु भएको छ । भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सुवालले  विद्येयकको पूर्ण अध्ययन बिना सिमित ब्यत्तिहरुले यसको बिरोधमा उत्रिएको आरोप लगाउनु भयो । उहाँले  विद्येयकमा केही बुँदामा समस्या देखिको बताउँदै गुठीको स्रोत ब्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिनु पर्नेमा जोड दिए । दैविक सिद्धान्तलाई आत्मासाथ गर्नेहरुले मात्र यसको बिरोध गरेको र वैज्ञानिक सोचलाई आत ...

गुठी विधेयकका विषयमा सरकारले चाँडै यथोचित निर्णय गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका विषयमा सरकारले चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको छ । जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकको विषयमा चौतर्फी रुपमा आलोचना भएपछि सोमबार जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको थियो । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प ...

पूर्वराजा ज्ञानेन्द्रले भने : यसको परिणाम राम्रो हुँदैन

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान परिस्थितिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । खासगरी पछिल्लो समय ल्याइएको गुठी बिधेयकबारे गम्भीर हुँदै उनले राष्ट्रियता र धर्ममा असर पर्ने भन्दै चासो ब्यक्त गरेका हुन् । थाइल्याण्डको राजधानी बैंककमा केही नेपालीहरुसँगको भेटघाट गर्दै  देश अहिले सहि दिशामा नभएकोले आफुलाई चिन्ता लागेको पनि बताएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले मुलुकको संस्कृति, परम्परा, धर्मसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र र ...

प्रधानमन्त्री पद नै धरापमा भएपछी गुठी विधेयक स्थगित

काठमाडौं । चौतर्फी दवाव र पार्टी नेताहरुको सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक स्थगित गर्ने भएका छन् । सोमबार राजधानीका जनप्रतिनिधिहरुसँग विधेयकका बिषयमा छलफल गरेका प्रधानमन्त्री ओलीले मंगलबार गुठी विधेयक स्थगनको निर्णय लिने भएका छन् । आजै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेपछि मन्त्रीपरिषदको बैठक बोलाउने तयारी गरेका छन् । मन्त्रीपरिषदको बैठकबाट गुठी विधेयक स्थगनको निर्णय हुने बालुवाटार स्रोतले बताएको छ । गुठी विधेयकलाई लिएर राजधानी काठमाडौंका गुठीयारहरु आन्दोलित थिए । काठम ...

गुठी विधेयक बारे बोले मेयर शाक्य

काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु र पार्टी अध्यक्षहरुसँग गरेको छलफलमा मेयर शाक्यले यस्तो सुझाव दिएका हुन् । स्रोतका अनुसार छलफलमा मेयर शाक्यले गुठी उपत्यकाका नेवारी समुदायको सामाजिक परम्परा र सस्कृतिसँग पनि जोडिएको विषय भएकाले तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने सुझाव दिए । सुझाव दिने क्रममा मेयर श ...

सरकारलाई देउवाको चेतावनी : गुठी विधेयक एक-दुई-तीन पारित हुन दिन्नौँ !

हेटौंडा :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुठी सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिने चेतावनी दिएका छन् । हेटौंडामा नेपाल सांस्कृतिक संघको जिल्ला सभापति तथा विधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेला शुक्रबार उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । नेता देउवाले सरकारले देशकै सम्पदा र संस्कृतिमाथि हमला गरेको बताएका छन् । ‘हामी एक, दुई, तीन गुठी विधेयक पारित हुन दिन्नौँ,’ देउवाले भने । बर्तमान सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेको भन्दै अब संस्कृति र सम्पदा पन ...

गुठी विधेयकविरुद्ध मसाल जुलुस (फोटो फिचर)

ललितपुर : गुठी विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ। पाटन दरबार स्वायरबाट बेलुका ६ः३० बजे मसाल जुलुस सुरु भएर करिब आधा घण्टामा सकिएको हो। जुलुस पाटन मंगलबजारबाट सुरु भएर गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुन मंगलबजार पुगेर टुंगिएको हो। गुठी संरक्षण आन्दोलनका एकजना अभियन्ता रविन्द्र ताम्राकारले सरकारले उतm विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्यरुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताए। पाटनका अर्का अभियन्ता न्युच्छे महर्जनले सरकारले गम ...

गुठीको सबै सम्पत्तिको जिम्मा स्थानीय तहलाई देऊ : बिजुक्छे

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठीको सम्पूर्ण सम्पत्तिको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन चर्किरहेका बेला अध्यक्ष बिजुक्छेले मोही लागेको गुठीको जग्गामा किसानलाई मोहियानी हक दिने बन्दोबस्त गर्नुपर्ने समेत बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजद्वारा आयोजित दुईदिने आर्थिक विकासमा व्यवस्थापनको भुमिका विषयक राष्ट्रिय सम्मेलन शुक्रबार उद्घाटन गर्दै उनले यसो भनेका हुन् । उनी भन्छन्, ‘ ...

गुठीबारे के भन्छ संविधान

सामाजिक कानुनबन्दा सबैले मिलेर उत्तर नखोजे छाया उपनिवेशका नवगुलाम बन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। पश्चिममा ट्रस्ट र इन्डाउनमेन्टको प्रसंग आउँछ। यता गुठीहरू छन् गुठी र ट्रस्ट तथा इन्डाउनमेन्ट कुन अर्थमा समान र कुन अर्थमा असमान अवधारणा हुन्, त्यसबारे अनुसन्धान आवश्यक हुन सक्छ। ट्रस्टबाट प्रभावित भएर गुठीको मर्यादा कायम राख्न कठिन हुन सक्छ। अरू संस्था र गुठीमा पनि कतिपय अर्थमा भिन्नता हुन्छन् खासगरी धार्मिक र सांस्कृतिक गुठीमा अरू परिवार वा समुदायको मानिस समावेश गर्न वा समावेशिताका न ...

गुठी सामन्तवादको स्वरूप

काठमाडौं :  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले गुठी सामन्तवादकै एउटा स्वरूप भएको तर्क गरेका छन्। सरकारका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले गुठी विधेयकको बचाउ गर्दै यस्तो तर्क गरेका हुन्। गुठी विधेयकसम्बन्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेसहित सत्तारुढ दलकै कतिपय सांसदले आपत्ति जनाइरहेका बेला उनले गुठीलाई सामन्तवादकै एउटा रूपमा चित्रण गरे। ‘हामीले सामन्तवाद अन्त्य गर्ने कि नगर्ने ? सामन्तवाद अन्त्य गर्ने कुरा गुठी, ...

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

काठमाडौं  : ‘मौकामा चौका’ हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ। पहिले गुठीको जग्गा चलाए पाप लाग्ने डर थियो। अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ। ‘धन देखेपछि महादेवका तीन नेत्र’ भनेझैं गुठीको जग्गा हत्याउन व्यक्तिदेखि सरकारसम्म लागिपरेका पाइएका छन्। गुठी संस्थान केन्द्रीय कार्यालयका अनुसार गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट अतिक्रमण भएका छन्। ‘५६३ बिघा तराईको जमिन र ७० रोपनी राजधानीकै जमिन अतिक्रमणमा परेको हो’, संस्थानका प्रवक्ता सरोज थपलियाले ...

‘गुठियारको मात्रै भावना हुन्छ, हामी गरिबको हुँदैन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक सांसद शान्ता चौधरीले गुठीले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रश्न गरिन्, “हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?” उनले थपिन्, “चर्को गरी बोलेका कुरा मात्रै भावनात्मक हुन्छन् ? भोकभोकै हलो जोत्नेहरूको कुनै ...

जंगलमा भएकाे बेला नेवारलाई ‘नेवा राज्य’ दिन्छु भन्ने सत्तामा भएको बेला गुठी पनि खोसिदिने ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनले गुठी नेपाली मौलिकता भएको बताउनुभएको छ । संसद्को शून्य समयमा बोल्दै सांसद लिंदेनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित भएको बताउनुभयो । सांसद लिंदेनले गुठीमाथिकाे हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएकाे पनि बताउनुभयाे । उहाँले जंगल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्नेहरूले अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागेकाे आरोप पनि लगाउनुभयाे । ...

विरोध भएपनि गुठी विधेयकमा पछाडि नहट्ने सरकारको संकेत

काठमाडौँ ।  चर्को विरोध भएपनि सरकारले गुठी विधेयकमा पछाडि नहट्ने संकेत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा संघीय सरकारका प्रवक्ता गोकुल बास्कोटाले ‘सामन्तवाद’सँग जोडिएको गुठीका समस्या समाधानमा केन्द्रित रहेको भन्दै सरकार विधेयकमा पछाडि नहट्ने संकेत गर्नुभएको हो । सांस्कृतिक निरन्तरताका लागि गुठी आवश्यक भएपनि त्यससँग हरुवा–चरुवा, हलिया र कमलरीजस्ता प्रथा पनि जोडिएकाले व्यवस्थित बनाउन खोजिएको उहाँको भनाइ थियो । प्रवक्ता बास्कोटाले काठमाडौं उपत्यका र उप ...

गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् : नेता श्रेष्ठ

ललितपुर  । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पत्ति कब्जा गर्नु र धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र भएको बताएका छन् । पार्टी प्रवेशको अवसरमा रामेछाप जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा बाेल्दै उनले भने, ‘गुठी प्रथा मानवता, सहकारी र परोपकारी भावनाले हाम्रा पुर्खाहरूले सृजना गरेको प्रगतिशील र मौलिक प्रथा हो । यो सामुदायिक सम्पति भएकाले कम्युनको भ् ...